रसुवा बाढी : धादिङमा ६ जनाको शव फेला


काठमाडौं – रसुवामा आएको भीषण बाढीमा परेकामध्ये धादिङमा ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी, सिद्धलेख र बेनिघाट रोराङ क्षेत्रमा त्रिशूली नदी किनारबाट ६ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार गल्छीमा ३, सिद्धलेखमा १ र बेनिघाट रोराङमा २ जनाको शव भेटिएको छ । यस्तै, धादिङ प्रहरीले बाढी प्रभावित ७ जनाको उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको जनाएको छ ।