काठमाडौं – तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो । मृतकमध्ये ७ महिला र ८ पुरुष छन् भने एक जनाको पहिचान खुलेको छैन ।
प्रहरीका अनुसार रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट ३ जना घाइतेको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ ।























प्रतिक्रिया