मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्दै


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको हो। बैठकमा समसामयिक विषयसँगै बाढीपहिरोबाट उत्पन्न विपद्को अवस्था, उद्धार तथा राहतका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले बैठक आह्वान गर्नुभएको जानकारी प्रधानमन्त्रीको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ।