शवको चाङ, पहिचानको संकट : २३३ मध्ये ६ मात्रै चिनिए


चितवन । भोटेकोशी बाढीपछि नारायणी नदीमा भेटिएका बेवारिसे शवमध्ये पहिचान हुन नसकेका शवलाई देवघाट नजिकै जंगलमा गाडेर व्यवस्थापन गरिने भएको छ।

चितवनमा भेटिएका २३३ शवमध्ये हालसम्म ६ जनाको मात्रै पहिचान खुलेको छ। सडेगलेको अवस्थामा रहेका शवलाई ट्याग लगाएर डीएनए नमुना संकलनपछि व्यवस्थापन गर्न लागिएको हो।

संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै भरतपुर–१ रामनगर–देवघाट सडकखण्डको जंगल क्षेत्रमा शव गाड्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

शव व्यवस्थापनका लागि सुरक्षाकर्मीको उपस्थितिमा दुई डोजर प्रयोग गरी खाल्डासमेत तयार पारिएको छ।