काठमाडौं – सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘जेनजी शहीद दिवस’का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।
सरकारले यसअघि हरेक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
प्रवक्ता पोखरेलका अनुसार अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको स्मरणमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।



















प्रतिक्रिया