काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनले उठाएका मूल मुद्दामा वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको बताएका छन्।
जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै घिसिङले सुशासन, भ्रष्टाचार अन्त्य, नागरिकमैत्री शासन र रोजगारी सिर्जनाका क्षेत्रमा सरकारको गति अपेक्षाअनुसार हुन नसकेको बताए।
उनका अनुसार जेनजी आन्दोलन केवल सरकार परिवर्तनका लागि नभई राजनीतिक संस्कार, शासनशैली र प्रणाली परिवर्तनको आवाज थियो। केही सकारात्मक प्रयास भए पनि आन्दोलनले उठाएका मूल प्रश्न अझै समाधान नभएको उनको भनाइ छ।
घिसिङले अब भाषण र घोषणाले मात्र नपुग्ने भन्दै जनताले खोजेको परिवर्तन व्यक्ति होइन, प्रणाली र कार्यशैलीमा हुनुपर्ने बताए।
उज्यालो नेपाल पार्टीले सरकारका कामकारबाहीमाथि निरन्तर खबरदारी र रचनात्मक दबाब जारी राख्ने जनाएको छ।



















प्रतिक्रिया