काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक भदौको अन्तिमसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै भदौभित्रै कृष्णभीरको सडक निर्माण सम्पन्न गरी यातायात सहज बनाउने बताएका थिए। सोही लक्ष्यअनुसार अहिले निर्माणलाई तीव्रता दिइएको हो।
पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटिएका छन्। फ्लडलाइट जडान गरिएकाले रातिसमेत दैनिक १२–१४ घण्टा काम भइरहेको छ।
नयाँ ट्रयाकसँगै पहिरो रोकथाम र राजमार्गका अन्य पाँच स्थानमा पहिरो पन्छाउने काम पनि भइरहेको छ।




















प्रतिक्रिया