काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
ब्रिक्स शिखर सम्मेलन–२०२६ का क्रममा भएको भेटमा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई तमिल भाषाको प्रसिद्ध प्राचीन ग्रन्थ ‘तिरुकुरल’को रुसी अनुवाद उपहार दिएका छन् ।
यसअघि राष्ट्रपति पुटिन भारत मण्डपम पुगेका थिए, जहाँ उनको प्रधानमन्त्री मोदीसँग भेट भएको हो । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन इरानी राष्ट्रपति मसूद पेजेस्कियान र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्ली पुगेका छन् ।




















प्रतिक्रिया