काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल आइतबार चीन भ्रमणमा जाने भएका छन् ।
सैनिक प्रवक्ता राजाराम बस्नेतले प्रधानसेनापति सिग्देल चीन जान लागेको पुष्टि गरेका छन् । उनका अनुसार भ्रमणको विस्तृत कार्यक्रम भने अझै प्राप्त भइसकेको छैन ।
प्रधानसेनापति बनेपछि सिग्देलको यो पहिलो चीन भ्रमण हो । करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध तथा सुरक्षा सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा चिनियाँ सैन्य अधिकारीसँग भेटवार्ता तथा दुई देशका सेनाबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।




















प्रतिक्रिया