काठमाडौं – आज काठमाडौं उपत्यकासहित देशका १८ जिल्लामा आकस्मिक बाढीको मध्यमस्तरको जोखिम रहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरसहित ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ र बाजुरा तथा आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ।
महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
यसअघि गएराति काठमाडौं र भक्तपुरको सीमाबाट बग्ने मनोहरा खोलामा बाढी आएको थियो। खोलामा पानीको बहाव बढेपछि आसपासका क्षेत्र प्रभावित भएका थिए।
वर्षा जारी रहेकाले साना नदी तथा खोलामा एक्कासि पानीको सतह बढ्न सक्ने भन्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।


















प्रतिक्रिया