पहिरोपीडितको उद्धारमा जुट्यो सरकार, बागलुङमा हेलिकप्टरबाट राहत


बागलुङ । पहिरोका कारण विस्थापित भएका बागलुङका नागरिकका लागि हेलिकप्टरमार्फत राहत सामग्री पठाउन थालिएको छ।

बागलुङ बजारबाट पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राहत सामग्री पठाइएको हो।

राहत सामग्री नेपाली सेनाको नम्बर २३ बाहिनी अड्डा, उपल्लोचौरबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ।

पहिरोका कारण सडक तथा यातायात प्रभावित भएका क्षेत्रका विस्थापित नागरिकसम्म अत्यावश्यक राहत सामग्री पुर्‍याउन हवाई माध्यमबाट सामग्री पठाउन थालिएको हो।