काठमाडौँ । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाहक विमानले आपत्कालीन संकेत पठाएपछि साउदी अरबतर्फ डाइभर्ट गरिएको छ। प्रारम्भमा विमान अपहरणको आशङ्का गरिएको भए पनि विमान साउदीको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गरेपछि हाइज्याक भएको आशङ्का हटेको बताइएको छ।
विमानले ‘अनलफुल इन्टरफेरेन्स’ र सामान्य आपत्कालीन संकेत पठाएपछि घटनालाई लिएर सुरक्षा निकायमा चासो बढेको थियो। घटनाका कारण इजरायली वायुसेनाले समेत लडाकु विमानहरू तयारी अवस्थामा राखेको रिपोर्टहरू आएका छन्।
पछिल्लो विवरणअनुसार विमानभित्रका पाइलटबीच भएको भनिएको विवादका कारण आपत्कालीन संकेत सक्रिय भएको हुनसक्ने इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।
विमान अवतरण गरेपछि सुरक्षा अधिकारीहरूले विमानको जाँच तथा चालक दलका सदस्यसँग सोधपुछ गर्ने तयारी गरेका थिए। त्यसपछि मात्रै उडानका क्रममा भएको घटनाबारे थप स्पष्ट विवरण आउने बताइएको छ।
यस घटनापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा अधिकारीहरूसँग छलफल गरेको रिपोर्टसमेत सार्वजनिक भएको छ।






















प्रतिक्रिया