१५औँ महाधिवेशनमा सहमहामन्त्रीमा आचार्यले दिने भए उम्मेदवारी


काठमाडौँ । नेपाली कांग्रेसका नेता मनोजमणि आचार्यले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेविसंघका पूर्वनेता आचार्यले सहमहामन्त्रीको खस आर्य क्लस्टरतर्फबाट उम्मेदवारी दिने बताएका हुन्। उनले आफ्नो उम्मेदवारीबारे पार्टी सभापति गगन थापा तथा उपसभापतिहरूलाई समेत जानकारी गराइसकेको बताए।

कांग्रेसको संशोधित विधानअनुसार पार्टीमा ११ जना सहमहामन्त्री रहने व्यवस्था छ। आचार्य रोल्पाबाट महाधिवेशन प्रतिनिधिका रूपमा छनोट भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १८ गतेदेखि सुरु हुने तय भएको छ। महाधिवेशन नजिकिएसँगै विभिन्न पदमा आकांक्षी नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रमसमेत बढेको छ।