संघीय संसद्को चालु अधिवेशन अन्त्य, राष्ट्रपतिले गरे घोषणा


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसअनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको हाल जारी अधिवेशन औपचारिक रूपमा समाप्त हुनेछ। राष्ट्रपतिको निर्णयबारे राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै जानकारी गराएको छ।