सहमहामन्त्रीमा रामहरि खतिवडाको उम्मेदवारी, मनोनयन दर्ता


काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर खतिवडाले खुला समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। खतिवडाले पनि सहमहामन्त्री पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।