काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा मनोनयन दर्ता गराएका हुन्।
कांग्रेसले १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति पद नयाँ रूपमा थप गरेको हो। पार्टी संरचनामा वरिष्ठ उपसभापतिलाई सभापतिपछिको वरीयतामा राखिएको छ।
शर्माले सोही नयाँ पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ।






















प्रतिक्रिया