काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका लागि नेपालसहित विभिन्न देशमा टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार नेपालमा बडादशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा रहेको छ। यसअघि नै समितिले नेपालका लागि टीकाको साइत सार्वजनिक गरिसकेको थियो।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि समेत बडादशैंको टीकाको साइत निर्धारण गरेको समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए।
विदेशमा बसोबास गर्ने नेपालीलाई सहज होस् भन्ने उद्देश्यले सम्बन्धित देश तथा स्थानअनुसार टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ।
समितिका अनुसार टीकाको साइत निर्धारण गर्दा सम्बन्धित स्थानको सूर्योदयको समय र दशमी तिथिलाई मुख्य आधार बनाइएको हुन्छ। त्यसैले नेपालमा तय भएको समयअनुसार विदेशमा रहेका नेपालीले टीका लगाउने समय भने फरक–फरक हुने गर्दछ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि निर्धारण गरेको टीकाको साइतअनुसार विदेशमा रहेका नेपालीले आफ्नो बसोबास रहेको स्थानअनुसार तोकिएको समयमा बडादशैंको टीका लगाउन सक्नेछन्।




















प्रतिक्रिया