कांग्रेस महाधिवेशनमा ६७ वर्षीय बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान


काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनमा राष्ट्रिय सभामा बागमती प्रदेशका पहिलो ज्येष्ठ मतदाता ६७ वर्षीय राजेन्द्र बुर्लाकोटीले मतदान गरेका छन्। उनले मतदान प्रक्रिया पूरा गर्न ३८ मिनेट लगाएका हुन्।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा बुर्लाकोटीले आफ्नो मताधिकार प्रयोग गरेका हुन्। उमेरले ज्येष्ठ भए पनि उनी महाधिवेशनमा मतदानका लागि सहभागी भएका थिए।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न भइरहेको मतदानमा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदानमार्फत पार्टीको आगामी नेतृत्व चयन हुँदैछ।