काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिएका छन्।
२ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार प्रकाश रसाईली स्नेहीले १ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्।
दलित महिलातर्फ पाँच केन्द्रीय सदस्य पदका लागि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सीता मिजारले १ हजार ४९ मतसहित अग्रता लिएकी छन्। शान्ती परियारले ८ सय ५२, रुपा वि.क.ले ७ सय ९८, कमला नेपालीले ७ सय ६२ र छायाँ सुनारले ६ सय ३९ मत प्राप्त गरेका छन्।
त्यस्तै, दलित खुलातर्फ आठ केन्द्रीय सदस्य पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। डा. डिबी सुनारले १ हजार २ सय ९७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। सागर परियारले ८ सय ३४, हरिशरण नेपालीले ७ सय ८१, मन्जित ताम्राकारले ६ सय ४८ र शिवबहादुर सुनारले ६ सय ४४ मत पाएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिलामा सीता मिजार र दलित खुलामा डा. डिबी सुनार अगाडि देखिएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाममा उम्मेदवारहरूको मतस्थिति परिवर्तन हुन सक्नेछ।

















प्रतिक्रिया