कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको कञ्चनपुरको गड्डाचौकी नाका क्षेत्रबाट उद्धार गरिएको छ । १० वर्षमुनिका ती बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतबाट नेपाल फर्काएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार हुम्लाको सिमकोट गाउँपालिकाका बालबालिकालाई भारतीय सीमा सुरक्षा बलले वनबासास्थित चेकपोस्टबाट नेपाल फर्काएको हो ।
‘हुम्लाको सिमकोटका बालबालिकालाई वनबासास्थित एसएसबीको चेकपोस्टले नेपाल फर्काएको छ,’ रावतले भने, ‘ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा छन् । थप बुझ्ने काम भइरहेको छ ।’
प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका–८ का ती बालबालिकालाई पञ्चविर बुढाले भारत लैजाँदै गरेका थिए । उनीहरूलाई कुन उद्देश्य र व्यवस्थाअन्तर्गत भारत लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बालबालिकालाई भारत लैजान खोजिएको घटनाबारे आवश्यक जानकारी सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया