काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानबीच शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले नवनियुक्त राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
भेटमा नेपाल र पाकिस्तानबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। दुवै पक्षले दुई देशबीचको आपसी सहयोग विस्तार गर्ने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए।
नेपाल र पाकिस्तानबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। भेटवार्तामा विद्यमान सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी समझदारी र सहयोगका क्षेत्रलाई विस्तार गर्ने विषयमा दुवै पक्षले जोड दिएका थिए।
















प्रतिक्रिया