गगन थापाको कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर


काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ। नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएको विवरण सार्वजनिक भएको छ।

उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म चिकित्सक र इन्जिनियर निर्वाचित भएका छन्। उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन् भने महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। मुस्लिमतर्फ सहमहामन्त्रीमा डा. मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्।

खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा प्रा.डा. गोविन्दराज पोखरेल, डा. शोभाकर पराजुली, डा. सुरज राज काफ्ले, डा. कृष्णप्रसाद पौडेल र डा. मुक्तिराम श्रेष्ठ निर्वाचित भएका छन्। इन्जिनियरतर्फ मोहन आचार्य, अमृत ज्ञवाली, नवराज त्रिपाठी, ऋषि कोइराला र दीपकबाबु कँडेल केन्द्रीय सदस्य बनेका छन्।

समावेशी समूह, प्रदेशगत प्रतिनिधित्व तथा युवा समूहबाट पनि चिकित्सक र इन्जिनियरहरू केन्द्रीय समितिमा पुगेका छन्। आदिवासी जनजाति, दलित, मधेश, खसआर्य, थारु तथा मुस्लिम समूहमा समेत चिकित्सकको प्रतिनिधित्व रहेको छ।

युवा समूहबाट डा. योशिका भट्टराई, इन्जिनियर हेमकाजी बस्नेत, इन्जिनियर सुवास पौडेल, इन्जिनियर भुवनराज भट्ट, इन्जिनियर अभिषेक आत्रेय, डा. आयुस बगाले, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित भएका छन्।

पेशागत तथा विषयगत क्षेत्रबाट डा. केदार नरसिंह केसी, प्रा.डा. जगदीशचन्द्र पोखरेल र डा. प्रदीप मिश्र पनि केन्द्रीय सदस्य बनेका छन्। महिला तथा काठमाडौं उपत्यकाको प्रतिनिधित्वमा डा. सीता पोखरेल (घिमिरे), डा. बाला अधिकारी र प्रा.डा. अमिता प्रधान शाक्य निर्वाचित भएका छन्।

कांग्रेसको संशोधित विधानले पेशागत तथा विषयगत क्षेत्रलाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ। नयाँ कार्यसमितिमा चिकित्सक, इन्जिनियर र प्राज्ञिक क्षेत्रका व्यक्ति