सुनचाँदी बजारमा सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको हो।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ४०४ रुपैयाँ रहेको छ।