काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
टस जितेको विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
एनपीएलको तेस्रो संस्करणअन्तर्गत यसअघि भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।
आजै हुने अर्को खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।

















प्रतिक्रिया