दुधे बालक काखमा च्यापेर एनपीएल हेर्दै मन्त्री बादी


काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री माननीय सीता बादी आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको नेपाल प्रिमियर लिग (एनपीएल) खेल अवलोकन गर्न पुगिन्।

मन्त्री बादी दुधे बालकलाई काखमा लिएर खेल हेर्न पुगेको दृश्यले मैदानमा उपस्थित दर्शकको ध्यान खिचेको थियो।