काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको रोल्पा जिल्ला अधिवेशनबाट मानबहादुर खत्री सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनले जिल्ला कार्यसमितिका अन्य पदाधिकारीसमेत सर्वसम्मत चयन गरेको छ । उपसभापतिमा श्रीकुमारी घर्ती मगर र देवेन्द्र बोहरा चयन भएका छन् भने सचिवमा लीलाधर आचार्य र दुर्योधन राना निर्वाचित भएका छन् ।
त्यस्तै, सहसचिवमा झपेन्द्र विष्ट र गणबहादुर वली सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा इश्वरी खत्री, अमृतबहादुर बुढा, मोहनलाल घर्ती र रेखा नेपाली चयन भएको जनाइएको छ ।
अधिवेशनबाट रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा कृष्ण खड्का र निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा तीर्थराज वली सर्वसम्मत निर्वाचित भएका छन् ।
देउवा समूहले यसअघि डोटी, बैतडी, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, रुकुम पश्चिम र संखुवासभामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।
देउवा समूहको भदौ १७ र १८ गते बसेको बैठकले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

















प्रतिक्रिया