काठमाडौं । सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि रिहा भएका छन् ।
प्रहरीले विभिन्न सञ्चारमाध्यमका न्यूजरुममै पुगेर सञ्चारकर्मीहरूलाई नियन्त्रणमा लिएपछि प्रधानमन्त्री कार्यालयले तत्काल रिहा गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि नियन्त्रणमा लिइएका सबै पत्रकार रिहा भएको जनाइएको छ ।
प्रहरीले नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी, मोटिभेट न्यूजका सम्पादकसहित अन्य सञ्चारकर्मीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएपछि घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे गम्भीर चासो उत्पन्न गराएको छ ।
यद्यपि, पत्रकार पक्राउ पर्नुको कारण र रिहाइबारे प्रहरी तथा प्रधानमन्त्री कार्यालयको विस्तृत आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।

















प्रतिक्रिया