चक्रवात ‘अर्नव’को प्रभावले कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, तटीय क्षेत्रमा उच्च सतर्कत


मकवानपुर । चक्रवात ‘अर्नव’को प्रभावका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षासँगै जलाशयमा पानीको सतह बढ्दै गएपछि प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार शनिबार बिहानसम्म कुलेखानी जलाशयमा पानीको सतह समुद्री सतहबाट १ हजार ५२७.६६ मिटर पुगेको छ। दिउँसोसम्म पानीको सतह १ हजार ५२८ मिटर नाघ्न सक्ने अनुमान गरिएको छ।

शुक्रबारदेखि सुरु भएको वर्षा शनिबार पनि निरन्तर रहेपछि जलाशयमा पानीको मात्रा थपिँदै गएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार दिउँसो २ बजेसम्म मध्यम वर्षा हुने र त्यसपछि मात्र मौसममा सुधार आउने सम्भावना रहेको छ।

पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरेको छ। हाल प्रथम युनिटबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

आयोजनाका अनुसार तीनवटै युनिट निरन्तर सञ्चालन गर्दा दैनिक करिब ४० देखि ५० सेन्टिमिटर पानीको सतह घटाउन सकिन्छ।

कुलेखानी जलाशयको अधिकतम भण्डारण क्षमता समुद्री सतहबाट १ हजार ५३० मिटर रहेको छ। हालको अवस्थाअनुसार जलाशय भरिन अझै करिब साढे दुई मिटर बाँकी रहेकाले तत्काल बाँध खोल्नुपर्ने अवस्था नरहेको आयोजनाले जनाएको छ।

यद्यपि, पानीको सतह बढ्दै गएमा आवश्यक सावधानी अपनाइने र बाँध खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिएर मात्रै प्रक्रिया अघि बढाइने आयोजनाले स्पष्ट पारेको छ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजनाले सिस्नेरीलगायत तल्लो तटीय क्षेत्रका विभिन्न स्थानमा साइरनसमेत जडान गरेको छ। जलाशयको पानीको सतह १ हजार ५२९ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था मिलाइएको छ।

प्रशासनले वर्षा जारी रहेकाले कुलेखानी तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान, सतर्क रहन र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेक