नेपाली बजारमा सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ रहेको थियो। यससँगै १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा रहेको छ।

मंगलबारको बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ।