लगातार बढ्दै सुनको मूल्य, आज कति पुग्यो भाउ ?


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ। मंगलबार ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।