काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ।
बुधबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, आर्थिक सहकार्य तथा साझा हितका विषयमा छलफल भएको छ।
भारतीय विदेशसचिव मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार बिहान काठमाडौँ आइपुगेका हुन्। भ्रमणका क्रममा उनले नेपालका उच्चपदस्थ सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
मिश्रीको नेपाल भ्रमणलाई दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

















प्रतिक्रिया