काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारलाई लक्षित गरी महानगर क्षेत्रभित्र स्वदेशी फूल बिक्रीका लागि ३३ स्थान तोकेको छ। नेपाली किसानले उत्पादन गरेका फूललाई सहज रूपमा बजार उपलब्ध गराउने उद्देश्यले महानगरले विभिन्न स्थानमा बिक्रीको व्यवस्था मिलाएको हो।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा फूल बिक्री गर्न आकृति श्रेष्ठ (९८०१३६२३१२), शङ्खमूलको बिगमार्टमा विपिन रावल (९८४८६४३२९७) र नयाँ बानेश्वरको आइप्लेक्स मलमा शिशिरकुमार पोखरेल (९८६१७८१७५३) सँग सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, मध्यबानेश्वरको सेल्सबेरीका लागि सपना सिजापती (९८०१९७१३०८), बत्तीसपुतलीको फोनेक्स टावरका लागि सुरज थापा (९७६३६९७१४०), चाबहिलको एसी कम्प्लेक्सका लागि गोविन्दराज गिरी (९८४१५१७२३३), चाबहिल गणेशस्थान तरकारी बजारका लागि अज्जब श्रेष्ठ (९८४१०७८८०८) र केएल टावर अगाडिका लागि चेतना गुरुङ (९८०५८४१९७८) सँग सम्पर्क गर्न सकिनेछ।
कमलादीस्थित आईटी बिल्डिङका लागि ०१–४५१५७८६, पुतलीसडकको स्टार मलका लागि चित्रबहादुर ढुङ्गाना (९८६९५३९५११), अनामनगरको भाटभटेनीका लागि अजय लामा (९८०१२४१४५१) र सुन्धाराको काठमाडौँ मलका लागि ०१–५३५२५५५ नम्बरमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।
त्यसैगरी, न्यूप्लाजास्थित बज्र कम्प्लेक्स गुड मार्टका लागि मोहिङका भूर्तेल (९८५१४००७९१) सँग सम्पर्क गर्न सकिनेछ।
महानगरले लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्मचक्र पार्क, कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेट, कालीमाटीकै द्यौखेल, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्डस्टोर, माछापोखरीको बुद्ध मल तथा गुणस्तर तथा नापतौल विभागतर्फको गहिरो भागमा पनि फूल बिक्रीको व्यवस्था गरेको छ।
यस्तै, हाँडीगाउँ (नरःदे) को कार्यालय अगाडिको डबली, गणेश मन्दिर डबली, वडा नम्बर २६ को कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल बिक्री गर्न पाइनेछ। तीनकुने चौर र सिफल चौरमा समेत किसानले फूल बिक्री गर्न सक्नेछन्।
सम्पर्क नम्बर उपलब्ध नगराइएका बिक्रीस्थलका विषयमा महानगर प्रहरी बलले सहजीकरण गर्नेछ। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार आवश्यक सहयोगका लागि ०१–५९०१७६३, ०१–५९०१७६४ वा मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिनेछ।
महानगरपालिकाले प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा रोक लगाइएको पनि स्मरण गराएको छ। वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले नै प्लास्टिकजन्य माला तथा पुष्पगुच्छामा प्रतिबन्ध लगाएको विभागले जनाएको छ।
फूलको बढ्दो माग स्वदेशी उत्पादनबाटै पूरा गर्ने र नेपाली किसानले उत्पादन गरेका फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले बिक्रीस्थल तोकिएको महानगरको भनाइ छ। यस व्यवस्थाबाट किसानले सिधै उपभोक्तासम्म पहुँच पाउने र स्वदेशी फूलको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया