सुदूरपश्चिम रोएल्सका विदेशी खेलाडी फाबियन एलेन नेपाल आइपुगे


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोएल्समा अनुबन्ध भएका वेस्ट इन्डिजका स्पिन बलिङ अलराउन्डर फाबियन एलेन नेपाल आइपुगेका छन्।

एलेनको आगमनसँगै सुदूरपश्चिम रोएल्सले टोलीमा विदेशी खेलाडीको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरेको छ। उनी स्पिन बलिङसँगै आक्रामक ब्याटिङका लागि पनि परिचित छन्।

वेस्ट इन्डिजबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका एलेनले टोलीका लागि बलिङ र ब्याटिङ दुवै क्षेत्रमा योगदान दिन सक्नेछन्। उनको उपस्थितिले सुदूरपश्चिमको अलराउन्ड क्षमता थप मजबुत हुने अपेक्षा गरिएको छ।