वीरगन्ज । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको ज्यान गएको छ। पटका पड्काउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार सोमबार बिहान पर्साको पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीमा उक्त दुःखद घटना भएको हो। स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा शरीरमा आगो लागेको थियो।
आगोले जलेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालले घटनाबारे जानकारी दिँदै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।
यस घटनाले दीपावलीका अवसरमा पटका तथा विस्फोटक सामग्री प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे गम्भीर ध्यानाकर्षण गराएको छ। बालबालिकालाई यस्ता जोखिमपूर्ण सामग्रीबाट टाढा राख्न र पर्व मनाउँदा सुरक्षालाई प्राथमिकता दिन आवश्यक देखिएको छ।

















प्रतिक्रिया