वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरेको दाबी गरेका छन्। उनले अमेरिकालाई ९३ प्रतिशत नभई पूर्ण विजय चाहिएको बताएका छन्।
भेट्रान्स डेका अवसरमा अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै ट्रम्पले अमेरिकी सेनाका कारण इरानले अब कहिल्यै परमाणु हतियार बनाउन नसक्ने जिकिर गरे।
अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको दाबी गर्दै उनले सन् १९७९ देखि नै इरानले अमेरिकाविरुद्ध युद्ध छेडिरहेको बताए। यो समस्या धेरै पहिले नै समाधान गरिनुपर्ने भए पनि आफ्नो प्रशासनको पालामा आएर त्यसको जवाफ दिइएको उनको भनाइ थियो।
‘हामीले जवाफ दियौँ र जित्यौँ पनि। अब प्रश्न यति मात्रै हो कि हामी यसलाई कहिले अन्त्य गर्न चाहन्छौँ,’ ट्रम्पले भने।
उनले अमेरिकाको जित पूर्ण हुनुपर्नेमा जोड दिँदै ९३ प्रतिशत जित मात्र स्वीकार्य नहुने स्पष्ट पारे।
यसैबीच, ट्रम्पले इरानमा अमेरिकी आक्रमणबाट ध्वस्त भएका संरचनाहरू पुनर्निर्माण गर्न २५ वर्ष लाग्ने दाबी गरेका छन्। इरानमा अब थप कुनै संरचना ध्वस्त पार्नु नपरोस् भन्ने आशा व्यक्त गर्दै उनले त्यस देशलाई पुनः उभिन निकै ठूलो प्रयास गर्नुपर्ने बताए।

















प्रतिक्रिया