विराटनगरलाई पहिले बलिङको निम्तो, पोखराको ब्याटिङ सुरु हुँदै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।

खेलमा टस जितेको विराटनगर किंग्सले पहिले बलिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्स ब्याटिङमा उत्रने भएको हो।

विराटनगरले सुरुवातमै पोखराका ब्याटरलाई दबाबमा राख्दै लक्ष्य सीमित गर्ने रणनीति बनाएको छ भने पोखरा बलियो योगफल तयार पार्ने योजनामा हुनेछ।

दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहेको छ।