काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बस र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको अर्को बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनालगत्तै प्रहरी तथा स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ । घाइतेमध्ये १६ जनालाई बनेपास्थित शिर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पतालमा भर्ना गरिएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार सबै घाइतेको सम्बन्धित अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

















प्रतिक्रिया