काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएका छन्। युएईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार गृहमन्त्री गुरुङ सम्मेलनमा सहभागी हुन युएई जान लागेका हुन्। उनले शुक्रबार साँझ युएईका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
विश्व प्रहरी शिखर सम्मेलनमा विभिन्न देशका प्रहरी तथा सुरक्षा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। सम्मेलनमा प्रहरी प्रशासन, सुरक्षा व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रहरी सहकार्यसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
गृहमन्त्री गुरुङको यो भ्रमण सम्मेलनमा नेपालको सहभागिता जनाउने उद्देश्यले हुन लागेको हो।
उनी आगामी मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको गृहमन्त्रालयले जनाएको छ

















प्रतिक्रिया