काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेका चिनियाँ संस्था चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन्।
रसुवा–भोटेकोशी बाढीका कारण रसुवागढी नाका बन्द रहेको र अन्य उत्तरी नाका पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको उल्लेख गर्दै मन्त्री खनालले काठमाडौँसँग नजिक रहेको तातोपानी नाका तत्काल खोल्नुपर्ने बताए।
जवाफमा अध्यक्ष याङले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल गर्ने बताएका छन्। भेटमा दुई देशबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्धका विषयमा पनि छलफल भएको थियो।

















प्रतिक्रिया