काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका एमाले नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन्।
६५ वर्ष उमेर पूरा भएपछि कानुनी व्यवस्थाअनुसार २५ प्रतिशत कैद छुट पाएर उनी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
एमालेले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलामा ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

















प्रतिक्रिया