काठमाडौँ । काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ सम्पन्न भएको छ। सुरुङ छिचोलिएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
बुधबार आयोजित ब्रेकथ्रु समारोहमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका प्रतिनिधि वाङ सीले निर्माण कार्यलाई तीव्रता दिँदै गुणस्तर र सुरक्षामा विशेष ध्यान दिने बताए।
उनका अनुसार अब सुरुङको सेकेन्डरी लाइनिङ र सहायक संरचना निर्माणलाई प्राथमिकता दिइनेछ। कोभिड महामारी र जटिल भूगर्भीय अवस्थाका कारण निर्माणमा चुनौती आए पनि प्राविधिक नवप्रवर्तन र प्रभावकारी व्यवस्थापनबाट ब्रेकथ्रु सम्भव भएको उनले बताए।
कम्पनीले नेपाल सरकार, नेपाली सेना, परामर्शदाता तथा नेपाली, चिनियाँ र कोरियाली प्राविधिक एवं श्रमिकको सहकार्यमा बाँकी काम पनि समयमै पूरा गर्ने जनाएको छ।

















प्रतिक्रिया