काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।
टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। काठमाडौं गोर्खाजले भने पहिले बलिङ गर्दै चितवनलाई कम स्कोरमा रोक्ने लक्ष्य राखेको छ।
आज साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्।

















प्रतिक्रिया