एपेक सम्मेलनको साइडलाइनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता


सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा द्विपक्षीय वार्ता भएको छ। ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल भएको बताइएको छ।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गरेका थिए। तीनै नेताबीच प्रस्तावित त्रिपक्षीय बैठकमा आणविक हतियार नियन्त्रण, इरानसँगको द्वन्द्व, रुस–युक्रेन युद्ध र विश्व व्यापारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसैबीच, सी र पुटिनले चीन–रुस सम्बन्ध थप सुदृढ बनाउने तथा बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। चीनलाई पनि आणविक हतियार नियन्त्रण वार्तामा सहभागी गराउने अमेरिकी प्रयासबीच प्रस्तावित त्रिपक्षीय बैठकलाई चासोका साथ हेरिएको छ।