काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गबाट ऊर्जा आपूर्ति निर्बाध राख्ने विषयमा अमेरिका र चीनको समान धारणा रहेको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा ट्रम्पले दुवै देश होर्मुज जलमार्ग खुला राख्न र इरानलाई आणविक हतियार प्राप्त गर्न नदिन दृढ रहेको बताएका हुन्।
भेटवार्तामा अमेरिकामा बढ्दो फेन्टानिल लागुऔषध सङ्कट नियन्त्रणलगायत विषयमा पनि छलफल भएको ट्रम्पले जानकारी दिए। उनले वार्ताबाट ठोस उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै केही न केही सकारात्मक परिणाम निस्कने अपेक्षा रहेको बताए।

















प्रतिक्रिया