काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदा विगतको निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेका छन्।
बिहीबार काठमाडौँमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले पार्टीभित्रको विभाजन, प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्यको अभाव र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसक्नु पराजयका मुख्य कारण रहेको बताए।
थापाले सङ्गठनात्मक अराजकता, दक्षिणपन्थी अवसरवाद र सामाजिक सञ्जालबाट फैलिएको भ्रम नियन्त्रण गर्न नसकिएको पनि उल्लेख गरे। विगतका कमजोरी सच्याउँदै पार्टीभित्र एकता बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
उनले आगामी २०८४ सालको निर्वाचनलाई महत्त्वपूर्ण राजनीतिक सङ्घर्षका रूपमा व्याख्या गर्दै स्पष्ट नीति, नेतृत्व र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने बताए।

















प्रतिक्रिया