काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण गर्न नयाँ पुस्ताका कूटनीतिज्ञ सक्षम, दक्ष र रणनीतिक सोच भएका हुनुपर्ने बताएका छन्।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा: नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्घाटन गर्दै उनले आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमतालाई प्रभावकारी कूटनीतिका आधारका रूपमा प्रस्तुत गरे।
उनले नेपालको सांस्कृतिक, प्राकृतिक र दार्शनिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए। साथै अंग्रेजी, चिनियाँ र अरबीजस्ता विश्व भाषासहित नयाँ ज्ञान र सीप हासिल गर्न युवा कूटनीतिज्ञलाई आग्रह गरे।
कार्यक्रममा प्रविधि, जलवायु परिवर्तन, ऊर्जा, आप्रवासन र बदलिँदो भू-राजनीतिक अवस्थाले नेपालको कूटनीतिमा सिर्जना गरेका चुनौती तथा अवसरबारे छलफल भइरहेको छ।

















प्रतिक्रिया