१०औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीमा तयारी तीव्र


काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता २०८३ मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा उद्घाटन र समापन हुने प्रतियोगिताका खेल भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछन्। प्रतियोगितामा ३२ खेलका ३८४ विधामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र एनआरएनएका गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। खेलहरू सुर्खेतसहित नेपालगञ्ज, बर्दिया, दैलेख, कालिकोट, सल्यान र पश्चिम रुकुममा सञ्चालन गरिने परिषद्ले जनाएको छ।

यसपटक पहिलोपटक रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ।