भक्तपुर । हरिबोधिनी एकादशीका अवसरमा भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । भगवान् चाँगुनारायणको दर्शन तथा पूजाआराधना गर्न श्रद्धालुहरू मन्दिर पुगेका छन् ।
आजका दिन तुलसीको दामोदरसँग विवाह गराउने, व्रत बस्ने तथा भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ ।
आषाढ शुक्ल एकादशीमा क्षीरसागरमा शयन गरेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुने धार्मिक विश्वास छ । यस दिनसँगै चार महिनाको चतुर्मास समाप्त हुने र विवाह, व्रतबन्धलगायत शुभकार्यको मौसम सुरु हुने मान्यता छ ।

















प्रतिक्रिया