काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणमा नियमित चासो र सक्रियता नदेखाएको भन्दै आलोचना भएको छ ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी र वातावरण क्षेत्रबीच समन्वय आवश्यक रहेको बताइन् । उनले एन्टिबायोटिकको जथाभाबी प्रयोगले उपचार खर्च बढाउनुका साथै स्वास्थ्य प्रणालीमा दबाब सिर्जना गर्ने उल्लेख गरिन् ।
तर, चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री भइरहेको र औषधिको दुरुपयोग बढ्दै गएको अवस्थामा बजार अनुगमन तथा नियमनका लागि मन्त्रालयबाट ठोस पहल नभएको आलोचना छ ।
मन्त्री मेहताले सन् २०२४–२०२८ को एएमआर नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको र अस्पतालमा औषधि प्रयोगको तथ्याङ्क सङ्कलन गर्न प्रोटोकल तयार भएको जानकारी दिइन् । तर, उक्त कार्ययोजना उनी मन्त्री हुनुअघि नै तयार भएको थियो ।
नियमित अनुगमन र नियन्त्रणमा सक्रियता देखाउनुपर्नेमा मन्त्रीको चासो सचेतना सप्ताहका औपचारिक कार्यक्रममा मात्रै सीमित भएको देखिएको छ ।

















प्रतिक्रिया