काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग छलफलका लागि नुवाकोट र रसुवा पुगेका छन्।
टोखा–छहरे हुँदै वेत्रावती पुगेका थापाले रसुवा र नुवाकोटका बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। उनले बोगटीटार होल्डिङ सेन्टर, ढुङ्गे, त्रिशूली बजार र विदुरका प्रभावितसँग भेटघाट तथा छलफल गर्नेछन्।
त्यस्तै, विदुर–५ पिपलटारस्थित बाढी प्रभावितलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको अवलोकन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। थापाले देवीघाट, गल्छी र गजुरीका प्रभावितसँग समेत छलफल गरेर काठमाडौँ फर्कनेछन्।

















प्रतिक्रिया